घोराही, १३ माघ । अखिल नेपाल किसान महासंघका महासचिव खड्बहादुर खड्काले पार्टीका नेताहरुलाई उत्पादनसंग जोड्नु पर्ने बताउनु भएको छ । एमाले निकट अखिल नेपाल किसान महासंघक दाङको घोराहीमा भएको अगुवा कार्यकतालाई भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ।
चप्पल लगाएर राजनीतिमा लागेको मान्छे सार्वजनिक पदमा पुग्दा उसको महल र गाडी हुँदा सार्वजनिक रुपमा प्रश्न उठ्ने बताउँदै महासचिव खड्काले त्यसका लागि सबै नेताहरु उत्पादनसंग जोडीनु आवश्यक रहेको बताउनुभयो । उत्पादनमा जोडिनु राजनीति गर्नेहरुको बाँच्ने आधार पनि भएको उहाँले बताउनुभयो । त्यसैगरी उहाँले किसानलाई सम्मान गर्ने परीपाटीको विकास गर्नुपर्ने बताउनुभयो ।
‘धान, गहुँ, मकै, तोरी उत्पादन गर्ने कुनै किसान बैंकमा वा सरकारी कर्यालयमा जाँदा उसको कुरा सुनुवाई हुँदैन तर कुनै पेशा व्यवसायी गर्ने व्यक्ती गयो भने आफु बसेको कुर्सीनै देलान जस्तो गर्छन,’ अखिल नेपाल किसान महासंघका केन्द्रीय महासचिव खड्क बहादुर खड्काले भन्नुभयो’– ‘यस्तो परिपाटीको अन्त्य गर्नुपर्छ ।’ कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डे, अखिल नेपाल किसान महासंघकी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष आरती पौडेल, एमाले दाङका उपाध्यक्ष राममणी पाण्डे, अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य सुदन केसी, अनिल आचार्य लगाएतले बोल्नु भएको थियो । कार्यकर्ता भेला अखिल नेपाल किसान महासंघ दाङका अध्यक्ष चन्दन मण्डारीको अध्यक्षतामा भएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।