२०८३ कार्तिक ११ गते बुधवार

दाङमा धानबालीको क्षति विवरण पठाउन सवै पालिकालाई पत्राचार

फाईल फोटो

तुलसीपुर, ४ कात्तिक । दाङमा अविरल बर्षातका कारण धानबालीमा भएको क्षतिको विवरण संकलन गरी पठाउन सवै पालिकालाई पत्राचार गरिएको छ । कृषि ज्ञान केन्द्र दाङले गत असोज ३१ गते देखीको अविरल बर्षातले कृषि बाली अन्र्तगत विशेषगरी धानबालीमा भएको क्षति वा असरको एकिङ विवरण संकलन गरी पठाउन पत्राचार गरेको छ । केन्द्रका निमित्त प्रमुख रुद्रमणि पौडेलले जिल्लाका सवै पालिकालाई बुधवार पत्राचार गरिएको जानकारी दिनुभयो । जिल्लाका दश वटै पालिकाको कृषि विकास शाखालाई क्षतिको विवरण संकलन गर्ने फम्र्याट (फारम) सहित पत्राचार गरिएको उहाले जानकारी दिनुभयो ।

सम्वन्धित पालिकाले पठाएको विवरण लुम्बिनी प्रदेश कृषि मन्त्रालयमा पठाउने उहाले जानकारी दिनुभयो । उहाका अनुसार स्थानिय तह, धानको क्षेत्रफल (हेक्टर), सुरक्षित हार्भेष्ट भएको क्षेत्रफल वा प्रतिशत, काटिएको धान बगाएको क्षेत्रफल वा प्रतिशत, धान ढालेर भएको क्षेत्रफल वा प्रतिशत र काटिएको धान डुवाएको क्षेत्रफल जस्ता विवरण फारममा उल्लेख गर्नुपर्नेछ । यता तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख धनराज गौतमले कृषि ज्ञान केन्द्रले पठाएको पत्र आफुहरुले प्राप्त गरेको जानकारी दिनुभयो ।

केन्द्रले माग गरे अनुसार तुलसीपुर उपमहानगरपालिकाका सवै वडालाई विवरण संकलनका लागी पत्राचार गरिएको बताउनुभयो । यस अघि पनि वडा कार्यालयहरुले विवरण संकलनको काम गरीरहेको हुदा आफुहरुले फेरी सवै वडालाई बास्तविक क्षति विवरण संकलन गरी पठाउन आग्रह गरेको प्रमुख गौतमले जानकारी दिनुभयो । किसानहरुले सम्वन्धित वडा कार्यालयमा गएर आफनो धानखेतीमा भएको क्षतिको विवरण टिपाउन उहाले सवैमा आग्रह समेत गर्नुभयो ।

प्रकाशित मिति : २०७८ कार्तिक ४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।