२०८३ कार्तिक ११ गते बुधवार

देशका विभिन्न भागमा पानी पर्ने सम्भावना,बाली भित्र्याउँन हतार नगर्न विज्ञको सुझाव

फाईल फोटो

काठमाण्डौ,३१ असोज । काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेश र प्रदेश १ र २ मा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले केही दिनसम्म नै पानी पर्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जन र चट्याङसहितको वर्षा हुने भएकाले खेतबारीमा काम गर्दा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

यसैविच पानी पर्ने भएकाले अबको केही दिन धान काट्दा र थन्क्याउँदा विशेष ध्यान दिन विज्ञले सुझाव दिएका छन् । अबको केही दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना भएकाले धान काटेर खेतमै छोड्दा नोक्सान हुन सक्ने भएकाले सकेसम्म धान नकाट्न कृषि विज्ञले सुझाव दिएका हुन् । धान धेरै नै पाकेर काट्नै पर्ने अवस्था भएमा, काट्दै झार्दै गरेर सुरक्षित ठाउँमा लगेर राख्न हरिकृष्ण उप्रेतीको सुझाव छ । केही दिन धान नकाट्दा पनि फरक नपर्ने अवस्थामा भने धान नकाटिकनै खेतबारीमै छोड्न उहाँको सुझाव छ । अहिले सुदूरपश्चिमलगायत तराईंका धेरै जिल्लामा छोटो समयमा पाक्ने जातका धान काट्ने बेला भएको छ ।

प्रकाशित मिति : २०७८ असोज ३१ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।