२०८३ कार्तिक ११ गते बुधवार

कृषि बालीमा मलको प्रयोगका बारेमा सचेत बन्नु पर्ने

सावन २४, मसुरीया(देउखुरी दाङ) । राप्ती गाउँपालिका कृषि विकास शाखाले कृषकलाई सचेत बन्न अनुरोध गरेको छ । राप्ती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयका कृषि विकास शाखाका कृषि विकास अधिकृत महेश अधिकारीले कृषि बालीमा मलको प्रयोगका वारेमा एक सुचना मार्फत कृषकलाई सचेत बन्न अनुरोध गर्नु भएको हो ।

कृषि विकास अधिकृत महेश अधिकारीले कृषकले विभिन्न बालीमा अनियन्त्रीत रासायनिक मलको प्रयोग गर्दा माटोको उर्बरा शक्त्ति घट्दै जाने भनी सजग रहन अनुरोध गर्नु भएको हो । कृषि विकास अधिकृत अधिकारीले सकभर रासायनिक मल प्रयोग गर्नु भन्दा कम्पोष्ट मल, गोवर मल प्रयोग गर्न कृषकलाई अनुरोध गर्दै राप्ती गाउँपालिका क्षेत्र भित्रका केहि कृषकहरुले विभिन्न बालीमा रसायनिक मल प्रयोग गर्दा युरीया, डि. ए. पी र पोटासको मात्रा नमिलाई जथाभावी यूरिया मल मात्र प्रयोग गर्ने गरेको पाईएकोले यस बाट भविष्यमा माटोको उर्बरा शक्त्ति ह्रासभै माटो विग्रन जाने र केहि वर्ष पछि उत्पादन नै नहुने संभावना देखीएकोले रसायनिक मल प्रयोग गर्दा विभिन्न बालीमा बाली विशेष अनुसार मात्रा मिलान गरि डि.ए.पी, युरिया र पोटास तिनै थरी मलखाद प्रयोग गर्नुपर्ने बताईएको छ ।

कृषकले कृषि प्राविधिकको सल्लाह अनुसार मलको प्रयोग गर्दा उत्पादनमा बृद्धि ल्याउन सकिने भन्दै पाएक पर्ने कृषि प्राविधिक संग राय सुझवलिन समेत अनुरोध गरिएको छ । राप्ती क्षेत्रका कृषकहरुले थप जानकारीको लागि गाउँ पालिकाको कृषि विकास शाखामा सम्पर्क गर्न वा कृषि प्राविधिक सहायक बरसाति गडरीया को मोवाईल नं ९८६५५९७८४७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।