दाङ १४ साउन । दाङमा लेनदेन मुद्दामा फरार अभियुक्त एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १७ सतकुले बस्ने ६४ बर्षका होम बहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लेनदेन मुद्दामा फरार सार्कीलाई लुकिछिपी बसेको अवस्थामा बिहिबार सतकुलेबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । दाङ जिल्ला अदालत देउखुरीबाट एक बर्ष कैद फैसला सुनाएपछि सार्की असार २५ गते देखि फरार रहेको बताइएको छ । अभियुक्त सार्की लाई पक्राउ गरी दाङ जिल्ला अदालत देउखुरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकरी दिनुभएको छ ।
प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।