तुलसीपुर, २६ असार । दाङको तुलसीपुर क्षेत्रमा कोभिडका बिरामीको संख्या बढ्न थालेको छ । अस्पतालमा भर्ना भएका एक सय ४४ जना मध्य घटेर दुई जनामा आएको थियो । तर पछिल्लो समय पुनः बढेर मेट्रो अस्पतालमा भर्ना हुनेको संख्या ८ जना पुगेको छ । त्यसैगरी बेझुण्डीमा पनि उपचाररत कोरोना संक्रमितको संख्या ८ पुगेको छ ।
पाँचबाट बढेर ८ पुगको बेलझुण्डी अस्पतालका व्यवस्थापक दोर्णबहादुर केसीले जानकारी दिनुभयो । तुलसीपुरमा सक्रीय कोरोना संक्रमितको संख्या ३९ जना छन् भने होम आइसोलेसनमा ३४ जना रहेको तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।
दोस्रो भेरिएन्ट सुरु भएयता तुलसीपुर उपमहानगरपालिकामा चार हजार एक सय ७७ जना कोरोना संक्रमित भएका थिए भने एक सय ५ जनाको मृत्यु भएको छ । दैनिक तुलसीपुर क्षेत्रमा ४ देखि ५ जनासम्म कोभिडका बिरामीहरु देखिने गरेका छन् ।





