२०८३ कार्तिक ११ गते बुधवार

दाङको तुलसीपुरमा तिन वर्षे रोड कोरिडोर कार्यक्रम,यसको उद्देश्य र फाईदा ?

दाङ, १६ असार । दाङको तुलसीपुरमा रोड कोरिडोर कार्यक्रम सुरु भएको छ । कृहि दिन अघि सोहि कार्यक्रम अन्र्तगत तुलसीपुरका दुग्ध व्यवसायी किसानलाई घाँस काट्ने मेसिन(च्यापकटर) र दुग्ध क्यान पचास प्रतिशत अनुदानमा वितरण गरिएको थियो । लुम्बिनी प्रदेश सरकारको राप्ती लोकमार्ग लक्षित दुग्ध उत्पादन कार्यक्रम(रोड कोरिडोर) दाङको तुलसीपुर क्षेत्रमा मात्र लागु भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख डाक्टर वेद बहादुर केसीले जानकारी दिनुभयो छ । यो कार्यक्रम तिन वर्ष सम्म संचालन हुनेछ । कार्यक्रमको लक्षित क्षेत्र राप्ती लोकमार्ग अन्र्तगत अहिले तुलसीपुर फुलवारी सम्म अर्थात वडा नम्वर ३, ४, ६,७,१०,११ ,१२ र १३ का किसानलाई यो कार्यक्रमले समेटेको छ ।यसमा एक सय जना भन्दा बढि कृषक आबद्ध भएको उहाले जानकारी दिनुभयो ।

प्रदेश अन्र्तगतको कार्यक्रम एक जिल्लामा एउटा कार्यक्रम मात्रै संचालन भएको छ । जस्तै बाँके, कपिलबस्तु, पाल्पा, रुपन्देही, लगाएतका जिल्लामा यो कार्यक्रम सुरु भएको उहाले बताउनु भयो । यो कार्यक्रम प्रदेशको नयाँ कार्यक्रम भएको पनि उहाले बताउनुभयो । यो कार्यक्रमले प्रतिफलमा आधारित अनुदान समेत दिने गरेको छ ।जसमा जुन सहकारीले बार्षिक कति दुग्ध उत्पादनको कारोवार गर्नुहुन्छ त्यसमा प्रति लिटर दुई रुपैया दिने गरिएको छ । यस्तैगरी प्रतिकेजी मासुको २५ रुपैया दिने कार्यक्रम रहेको उहाले बताउनु भयो । तुलसीपुरमा गौमाता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र राप्ती दुग्ध उत्पादक कृषि तथा पशुपालन समिति तुलसीपु संगको सहकार्यमा कार्यक्रम भईरहेको उहाले बताउनुभयो । कार्यक्रमको उद्देश्य राप्ती लोकमार्ग लक्षित दुग्ध उत्पादन कार्यक्रम(रोड कोरिडोर)को उद्देश्य दुग्ध उत्पादन किसानहरुलाई कृषक सहकारी तथा समुहमा आबद्ध हुन प्रेरित गर्ने रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख डाक्टर वेद बहादुर केसीले बताउनुभयो । साथै उनीहरुलाई सफल व्यावसायी बनाउनुको साथै आर्थिक रुपमा सवल बनाउनु यस कार्यक्रमको उद्देश्य रहेको उहाले बताउनुभयो ।कृषक सहकारीमा किसानहरु आबद्ध हुन सके सहकारीको माध्यमबाट व्यावसायीक कृषि गर्न अझ सहज हुने उहाको भनाई छ । त्यसकारण यो कार्यक्रम गौमाता दुग्ध उत्पादक सहकारी संस्था संग आबद्ध भएका कृषकले मात्रै पाउने उहाले बताउनुभयो । त्यसमा पनि दुध्यालो गाई वा भैसी पालेको हुनुपर्ने, व्यावसायीक कृषि पेशा गर्ने इच्छा भएकालाई यस्तो कार्यक्रम दिने गरिएको छ । त्यस बाहेक सहकारीमा आबद्ध नभएका किसानले यस कार्यक्रमको सेवा सुविधा उपयोग गर्न नपाईने निति रहेको उहाको भनाई छ ।

जिल्लाका छ जिल्लामा स्मार्ट कृषि गाउँ कार्यक्रम दाङमा दश स्थानिय तह मध्ये स्मार्ट कृषि गाउँ कार्यक्रम जिल्लाका छ स्थानिय पालिकामा संचालनमा डाक्टर केसीले जानकारी दिनुभयो । जसमा कतिपय नयाँ र पुराना कृषि गाउँ कार्यक्रम रहेका छन् । नयाँलाई ५० लाख बजेटको कार्यक्रम छ भने अलि पहिले नै संचालन भएकालाई ४० लाख र अझ पुरा कार्यक्रमलाई ३० लाख बजेट छ । यस्तै खोरेतोको खोप जिल्ला भर लगाउने योजना रहेको छ । यस्तै कु्खुरा पालक किसानहरुका लागी बबई र शान्तिनगर गाउँपालिकामा पोषण सुधार कार्यक्रम, मकै मिसन कार्यक्रम घोराहीको लुहाडाबरा र देउखुरीमा संन्चालित छ । घाँसेबाली श्रोत केन्द्र लगाएतका कार्यक्रम छन् ।

प्रकाशित मिति : २०७८ असार १६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।