दाङ, ७ चैत । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा सल्यानका अध्यक्ष रुपक बुढा र एमाले कपुरकोट गाउँ कमिटिका सदस्य ईश्वर बुढाको पहलमा कपुरकोटमा आगलागी पिडितलाई आर्थिक सहयोग गरिएको छ । कपुरकोट गाउँपालिका २ दानबाङ स्थित अग्नि पिडित सुक बहादुर बुढा,चित्र बहादुर घर्ती र केशर घर्तीलाई राहात स्वरुप नगद ७१ हजार १५ रुपैया नगद र ४ हजार पाँच सय रुपैया बराबरको कपडा गरी जम्मा ७५ हजार ५ सय १५ रुपैया आर्थिक सहयोग गरिएको पत्रकार सन्तोष घर्तिले जानकारी दिनु भएको छ । युवा संघका नेता बुढा र एमालेका नेता बुढाको पहलमा विभिन्न दाताहरुबाट संकलित रकम अग्नि पिडितलाई हस्तान्तरण गरिएको छ ।
जसमा कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले सात हजार पँच सय, अभियानकर्ता तथा युवा संघका नेता रुपक बुढाले १३ हजार ५ , डिएल कन्ट्रक्सन प्रालिका सन्तविर घर्तिले १३ हजार ५ , नेकपा एमाले कपुरकोट गाउँ कमिटिका अध्यक्ष घनश्याम शर्माले एक हजार र राष्ट्रि युवा संघ नेपालका केन्द्रिय सदस्य दोर्ण केसीले दुई हजार पाँच सय लगाएत ३० जना दाताहरुबाट संकलन भएको उक्त रकमबाट नगद तथा कपडा हस्तान्तरण गरिएको हो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।