२०८३ कार्तिक ११ गते बुधवार

तरकारी खेतीमा रमाउँदै लमहीका चाैधरी दम्पती

दाङ, ३ माघ / दाङको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष डण्डिराम चौधरीले उपभोक्ताबाट गुनासोहरू आउने गरेको बताए । उपभोक्ताहरू बाट खानेपानीको पैसा धेरै भयो, रिडिङ्ग समयमा भएन, चुना निर्मुल भएन भन्ने लगायत अन्य गुनासोहरू आउने गरेको संस्थाका अध्यक्ष चौधरी बताउछन । ‘उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै काम गर्ने प्रयासमा लागेको छु ।

०७५/९/२१ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष डण्डिराम चौधरीले उपभोक्तालाई दैनिक कसरी शुद्व खानेपानी खुवाउन सकिन्छ त्यस तर्फ मेरो ध्यान केन्द्रीत रहेको बताए ।

 ‘खाना खाएर एघार बजे अफिसमा जान्छु, उपभोक्ता संग भेट्छु, समस्या कहाँ छ भनेर, फोन सम्पर्क गर्नुहुन्छ उपभोक्ताले ।’ ‘संस्थाबाट पलम्बर पठाएर उपभोक्ताको काम गर्छु । उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै काम गर्ने प्रयासमा लागेको छु, चौधरीले भने,–। ‘दिउँसो उपभोक्ताको काम गर्छु, बेलुका तरकारी खेति गर्न घर फर्कनुपर्छ । साझ विहान काम  नगरे खान पुग्दैन। काम गर्नैपर्छ ।’

डण्डिराम चौधरी खानेपानीको संस्थाको अध्यक्ष मात्रै नभइ एक कृषक पनि हुन  । वर्षाैदेखि चौधरीले तरकारी खेति गर्दै आएका छन् ।  पहिले विगहौँ जमिनमा तरकारी खेति गरिन्थ्यो । अहिले विभिन्न संघसंस्थामा आवद्व छु । चारै तिर हेर्नुपर्ने हुन्छ । चौधरीले भने ,–। ‘अहिले बढिमा दुई कठ्ठा जग्गामा पालक, सुइज साग, भाजि, सम्धिनी साग, सम्फु, लोकल धनिया, बेथे, मुला, टमाटर, बन्दगोभि, काउलि, ब्रो काउली गरि हिउदे तरकारी व्यवसायी गर्दै आएको छु भने वर्षायाममा तोरइ, भिन्डि, लौका, करैला, व्यवसायी खेति गर्दै आएको छु ।’

करिब अठार वर्ष देखि परम्परागत रूपमा व्यवसायी तरकारी खेति गर्दै आएका चौधरी र उनकी जीवन संगीनि सावित्री चौधरीले स्थानीय बजारमा तरकारी खपत गर्दै आएकाे बताए। जसबाट खर्च कटाएर एक लाख पचाँस हजार वार्षिक आम्दानी हुने गरेकाे छ ।

प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।