काठमाण्डौ, २७ पुष । आज २ सय ९९ औं पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिवस मनाइँदैछ । गोरखाका राजा पृथ्वी नारायण शाहले नेपाल एकीकरणका लागि पु¥याएको योगदानको स्मरण गर्दै यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गर्दै शुभकामना दिएकी छिन् ।
राष्ट्रपति भण्डारीले बहुलताबीच सद्भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामथ्र्यको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने विश्वास व्यक्त गरिन् ।पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको बताउँदै राष्ट्रपतिले आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
वि.सं. १७७९ पुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायणले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका ससाना राज्यलाई एकीकरण गर्न सफलता हासिल गरे ।
यसैबीच,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लेदिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्न लागेको छ । कार्यक्रमलाई पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले सम्बोधन गर्नेछन् ।पार्टीको केन्द्रीय सचिवालय प्रमुख ध्रवबहादुर प्रधानले चियापान अगाडि साढे ११ बजे भद्रकालीबाट पार्टीले ¥याली पनि निकालिने बताए ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।