२०८३ कार्तिक १९ गते बिहिवार

नगर प्रमुख पाण्डेले औषधी व्यवसायीलाई भने : उद्योग खोल्नुस गेटसम्म बाटो हामी लगिदिन्छौ

तुलसीपुर, ४ पुस / तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले औषधी व्यवसायीलाई तुलसीपुर क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । नेपाल औषधी थोक व्यवसायी संघ दाङको प्रथम साधारण सभालाई तुलसीपुरमा सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले औषधीजन्य उद्योग खोलेमा त्यहाँसम्म पुग्ने बाटो, बिजुली र पानी पु¥याउन तुलसीपुर उपमहानगरपालिका तयार रहेको बताए । ‘छुट्टै औधोगिक ग्राममा हामी फार्मेसी उद्योग वा अन्य कुनै उद्योग खोल्छौ भनेपनि आउनुस सम्झौता गरौ र काम सुरु गरौं,’ नगरप्रमुख पाण्डेले भने –‘हैन हामी आफ्नै जग्गामा गर्छौ भन्नुहुन्छ भनेपनि तपाईको उद्योगको गेटसम्म पानी, बिजुली र बाटो उपमहानगरपालिकाले लगिदिन्छ ।’

सोअवसरमा औषधी थोक व्यवासयी संघका केन्द्रीय अध्यक्ष शिवराज बासकोटाले औषधीको कारोबार नगदमा गर्न आग्रह गरेका छन् ।  आफुले नगदमा कारोबार गर्ने र अर्कोसंग उधारोमा औषधी लिने काम बन्द गर्नुपर्ने भन्दै उनले औषधी थोक व्यवसायीहरु १० करोड घाटामा रहेको गुनासो गरे ।

सो अवसरमा अनय बक्ताले औषधीकोे मुल्य र गुणस्तरमा एक रुपता ल्याउन औषधी व्यवसायीले आग्रह गरेका छन् । एउटै औषधीमा १० देखि पाँचसय प्रतिशसतसम्म छुट दिदा यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने गरेको उनिहरुले बताए ।

कार्यक्रममा औषधी आयात कर्ता संघका केन्द्रीय महासचिव पवन आचार्य, औषधी उत्पादक संघका केन्द्रीय महासचिव विप्लव अधिकारी, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रमुख डा. विनोद सिंह, ईलाका प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज तथा प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंह, रेडियो प्रकृति एफएमका स्टेशनम्यानेजर ओपेन्द्र बस्नेत, तुलसीपुर उद्योगबाणिज्य संघका महासचिव रुपबहादुर खत्री, नेपाल चिकित्सक संघ दाङका अध्यक्ष डा.कुबेर रेग्मी, नेपाल फार्मेसी संघ दाङका अध्यक्ष शुलभ अधिकारी लगाएतले आ–आफना भनाई राखेका थिए ।

विभिन्न व्यक्तिलाई सम्मान

संघका अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा डा.मुरली मनोहर रौनियार, औषधी व्यवसायी यमप्रकाश गुप्ता, राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानका कैलाश प्रसाद देव, निल सागर सेवा आश्रमका संयोजक प्रकाश विष्ट, प्रदिप योगी, लगाएतलाई सम्मान गरिएको थियो ।

संघका महासचिव तुफान बाबु श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शेषकान्त ढकालले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन दिपेन्द्र न्यौपानेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ पुष ४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।