काठमाडौ, २ पुष । उखु किसानको बक्यौता रकम भुक्तानी नदिने चार सुगर मिलका सञ्चालकविरुद्ध प्रहरीलेपक्राउ पुर्जी जारी गरेको छ । अन्नपूर्ण सुगर मिल सर्लाही र इन्दिरा सुगर मिल नवलपरासीका सञ्चालक राकेश अग्रवाल, रौतहटस्थित श्रीराम सुगर मिलका सञ्चालकद्वय हितेश गोल्छा र विशाल अग्रवाल तथा पश्चिम नगवलपरासीस्थित लुम्बिनी सुगर मिलका सञ्चालक श्रेया अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो ।
उनीहरु विरुद्ध ठगीमा मुद्दा चलाउन पुर्जी जारी गरिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाही, रौतहट र पश्चिम नवलपरासीले आरोपितको खोजी गर्न महानगरीय अपराध महाशाखालाई पनि पत्राचार गरिसकेको उनले बताए ।
प्रहरी प्रवक्ता कुँवरले किसानलाई उखु खरिदबापतको बक्यौता रकम नदिने सुगर मिल सञ्चालकलाई ठगीमा कारबाही गर्न गृहबाट पत्र आएको र त्यसै अनुसार कारबाही अघि बढाउन सम्वन्धित जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताए । जिल्लाबाट पत्र आएपछि दिनभर पक्राउपुर्जी जारी गरिएका व्यापारीको खोजीमा बुधवार काठमाडौंमा प्रहरी जुटेपनि फेला पार्न नसकेको जनाइएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।