तुलसीपुर, ९ मंसीर । पुर्व मन्त्री लोकेन्द्र बहादुर विष्ट मगरले समय,शक्ति,अवसर ,जवानी र जिन्दगी खेर नफाल भन्दै सामाजिक सन्जालमा लेखेका छन् । उनले आफनो फेसबुक मार्फत छेउ न टुप्पाको, पुङ न पुच्छरको राजनीति नगर साथी हो । समय,शक्ति,अवसर र जवानीरजिन्दगी खेर नफाल ।
बेक्कारको झोले,उल्लु र धुपौरे नबन। एक पूर्व झोलेको तीतो अनुभव र अनुरोध भनेर स्टाटस लेखेका छन् । उनको यो स्टाटस्मा दुई हजार बढिले लाईक गरेका छन् । यो समाचार तयार पार्दा सम्म दुई सय चालिस जनाले कमेन्ट गरेका छन् भने दुई सय बैसठ्ठी जनाले सेयर गरेका छन् । उनको स्टाटस्मा सकारात्मक र नकारात्मक दुवै खालका थुप्रै कमेन्ट गरिएको छ ।
उनको यो भनाई नेपाल कम्युनिष्ट पाटी(नेकपा)मा अहिले देखीएको असहमती र विवाद प्रति ईंकित छ । उनले नेकपामा अहिले देखीएको विवाद प्रति ईकित गदै सामाजिक सन्जालमा यस्तो कुरा उल्लेख गरेका छन् । उनी तत्कालिन नेकपा माओवादीबाट मन्त्री बनेका थिए । तर अहिले उनी पाटीबाट निष्क्रिय भएर कृषि व्यावसायीमा लागेका छन् । उनले तुलसीपुर स्थित विजौरी नजिकै विगौ जमिनमा ड्राईगन फुडको व्यवसाय गदै आएका छन् ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।