दाङ, ३ मंसीर । दाङको घोराहीबाट ७ जना जुवाडे पक्राउ परेका छन् । गएको सोमवार भाईटिकाको दिन राती उनीहरुलाई घोराही १६ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका जुवाडेहरुलाई प्रहरीले अझै सार्वजनिक गरेको छैन । प्रहरी स्रोतका अनुसार पक्राउ परेका माथी मुद्धा दर्ता भएपछि मात्रै उनीहरुलाई सार्वजनिक गर्ने तयारी भएको छ ।
जुवाडे पक्राउ परेकाहरुको विस्तृत विवरण आउन बाँकी रहेको छ । यता जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी सुमित खड्काले जुवाडे पक्राउ परेको जानकारी दिएका छन् । डिएसपी खड्काले आफु अहिले बाहिर भएकाले जुवाडेको विवरण पछि सार्वजनिक गर्ने बताएका छन् ।
प्रकाशित मिति : २०७७ मङ्सिर ३ गते बुधवार






