२०८३ भाद्र ११ गते बिहिवार

दाङ बन्द होइन : सिडीयो

तुलसीपुर, २८ कार्तिक / दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मंसीर २ गतेदेखि दाङ बन्द भन्ने हल्ला चलेकाले भ्रममा नपर्न आग्रह गरेका छन् ।
तिहारमा देउसीभैलो नखेल्न, मन्दिरमा नजान, अनावश्यक रुपमा हिडडुल, भिडभाड र जमघट नगर्नका लागि मात्रै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेकाले दाङ बन्दका रूपमा नलिन   प्रमुख जिल्ला अधिकारी आचार्यले आग्रह गरे ।

‘हिड्डुल गर्न, सामान्य जीवनलाई असर पर्ने गरी निषेधाज्ञा गरेको होईन,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने – ‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि क्लव संघसंस्था जम्मा भएर देसीभैलो नखेल्न, भिडभाड नर्गन, अनावश्यक रुपमा हिड्डुल नगर्न भनेका हौ ।’

दाङमा कोरोना संक्रमण र मृत्युको संख्यामा वृद्धि हुनथालेपछि नजिकै आइरहेका तिहार छट्पर्वलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय दाङले कार्तिक २५गतेदेखि मंसीर ६ गतेसम्म सामान्य जनजीवनलाई असर नपर्ने गरेर सुचना जारी गरेको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया