२०८३ भाद्र ११ गते बिहिवार

दाङको तुलसीपुर सहित देशैभर प्रदर्शन हुने

तुलसीपुर, २१ कार्तिक । अझै कति सहने ? अभियान अन्तर्गत अ रेपिष्ट इन योर पाथले भोली दाङसहित देशैभर सामुहिक प्रदर्शन गर्दैछ । ७ बुँदे माग सहित दिउँसो ३ बजे एकै समयमा देशैभर सामुहिक प्रदर्शन गर्न लागेको अझै कति सहने ? अभियानका अभियन्ता स्वीकृती डाँगीले जानकारी दिइन् ।

अभियन्ता डाँगीका अनुसार शनिबार दाङको तुलसीपुर र घोराहीमा प्रर्दशन हुनेछ । पाथले जबरजस्ती करणीमा हदम्याद नलाग्ने व्यवस्था हुनुपर्ने, जबरजस्ती करणी कसुर भए कम सजाय तोक्न नमिल्ने व्यवस्था हुनुपर्ने,  राष्ट्रपतिद्धारा यस कसुरमा माफि वा मुल्तवी, परिवर्तन वा कम सजाय दिन नमिल्ने व्यवस्था हुनुपर्ने, उमेर अनुसार कैद सजाय हटाई १८ बर्ष माथि भए जन्मकैद र मुनि भए आजीवन काराबासको व्यवस्था हुनुपर्ने लगायतका माग अघि सारेर प्रदर्शन गर्न थालेको हो ।

बलात्कारीलाइ मृत्यु दणडकाे सजाय हुनुपर्ने पक्षमा भने आफुहरु नभएको डाँगीले बताईन । अ रेपिष्ट इन योर पाथले यस अघि पनि दाङसहित देशैभर प्रदर्शन गर्दै आएकाे छ ।

 

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया