२०८३ कार्तिक ११ गते बुधवार

स्थानीय सरकारले धानको समर्थन मूल्यमा धान खरिद गर्दै

काठमाडौ, १६ कात्तिक । स्थानिय सरकारहरुले धानको समर्थन मुल्य कार्यान्वयनमा ल्याएका छन् । संघीय सरकारले तोकेको समर्थन मूल्य अनुसार उपचोक्ताबाट धान किन्न थालेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयन गरेका छन् ।

नगरपालिकाले सहजीकरण गरेपछि नगरभित्रका साना किसान सहकारीहरु सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न तयार भएको नगर प्रमूख बासुदेव घिमिरेले सीआईएनलाई जानकारी दिनुभयो । संघीय सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैंयाँ र मध्यम धानको प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।