२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुर ४ का किसानलाई भोली गहुँको विउँ वितरण गरिने

तुलसीपुर, १३ कात्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मा भोली (शुक्रवार) देखी किसानहरुलाई गहुँको विउ वितरण गरिने भएको छ । किसानहरुलाई पचास प्रतिशत अनुदानमा उन्नत जातको गहुँको विउँ वितरण गर्न लागीएको वडा सचिव लोकमणि पोख्रेलले जानकारी दिएका छन् ।

उनका अनुसार गहुँको विउँका लागी गएको असोजमा किसानहरुबाट निवेदन माग गरिएको थियो । सोहि आधारमा किसानहरुको माग बमोजिम भोली देखी वडा कार्यालय बनहरीबाट गहुँको विउँ वितरण गरिने उनले जानकारी दिएका छन् ।

गहुँको विउँ माग गरी नाम टिपाएका किसानहरुलाई वडा कार्यालयमा सम्पर्क गर्न उनले सवैमा आग्रह समेत गरेका छन् । उन्नत जातको गहुँको विउँ मुल्य प्रतिकेजी ७५ रुपैया रहेकोमा पचास प्रतिशत अनुदानमा किसानले ३७.५० पैसा तिर्नुपर्नेछ ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।