दाङ, २९ असोज । राप्ती क्षेत्रका गरिव विपन्न कृषक परिवारको छनौट गरि नामसालीङ विकास केन्द्रले बिउपल वितरण गरेको छ । राप्ती गाउँपालिका संगको समन्वयमा एकिकृत परियोजना सञ्चालन गर्दै आएको नामसालीङले वडा नं १ देखि ९ सम्मका करिव ४ सय जना किसानलाई उन्नत जातको गहुँको विउ, प्रथम पुस्ता र दास्रो पुस्ताको आलुको विउ तथा करिव ४५० घरधुरीलाई तरकारी, प्याज, रायो, मुला, गाँजर, सिमि, खुर्सानी लगायतको बिउ उपलब्ध गराएको हो ।
पोषण, कृषि, जलवायु परिवर्तन अनुकुलन, आयआर्जन वृद्धि, सुशासन तथा सामाजिक समावेशीकरण को क्षेत्रमा काम गर्दै आएको नामसालीङ विकास केन्द्रले कृषकलाई कृषि खेति प्रणालीको जानकारी दिदै विउ उपलब्ध गराएको कृषि अधिकृत शशाङ्क वावु आचार्यले जानकारी दिए ।
राप्ती गाउँपालिकाका विभिन्न २३ गाउँका गठित कृषक समुहका २ सय वढि कृषक परिवारलाई गहुँ, आलु तथा तरकारीका बिउँपल उपलब्ध गराईएको हो । विकास कोष नर्वेको सहयोगमा संचालित परियोजना अनुसार राप्तीका दुर्गम बस्तीमा खानेपानी, सिंचाई, गोठ सुधार, सुधारीएको चुलो वितरण लगाएतका काम गर्दै आएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।