२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरका कृषकलाई पचास प्रतिशत अनुदानमा २१ क्वीन्टल तोरीको विउ वितरण

तुलसीपुर, ७ असोज । तुलसीपुरमा सोमवार र मंगलवार गरी किसानलाई २१ क्वीन्टल तोरीको विउ वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखा कार्यालयले सोमवार देखी किसानहरुलाई पचास प्रतिशत अनुदानमा उन्नती तोरीको विउ वितरण सुरु गरेको थियो । कार्यालयका कृषि अधिकृत कुलराज चौधरीका अनुसार कृषक र कृषक समुह गरी २५९ जनालाई तोरीको विउ वितरण गरिएको हो । किसानलाई चाहिने तोरीको विउका लागी गएको भदौ महिनामा किसानहरुबाट निवेदन माग गरिएको थियो ।किसानहरुलाई कार्यालयबाटै तोरीको विउ वितरण गरिएको हो । तोरी छर्ने सिजन भएकाले तोरीको विउ वितरण गरिएको र अब फेरी गहुँको विउ पनि पचास प्रतिशत अनुदानमा वितरण गर्ने योजना रहेको कार्यालयले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।