२०८३ कार्तिक ९ गते आइतवार

झण्डै ११ करोडमा गरगरुवा – सुकौरा सडक पक्की बन्ने

तुलसीपुर, २६ भदौ । दामोदर सडक खण्ड अन्र्तगत गरगरुवा उरहरी सुकौरा सडक कालोपत्रे गरिने भएको छ । ५ नं प्रदेश सरकारको १० करोड ८१ लाख लागतमा सडक कालोपत्रे गरिने भएको भौतिक पुर्वाधार विकास कार्याल दाङका प्रमुख वासुदेव भण्डारीले जानकारी दिए ।

साढे पाँच किलोमिटर लम्बाई र १२ मिटर चौडाई रहेको उक्त सडक १८ महिनाभित्र सम्पन्न गर्ने गरि सिनर्जी बिल्डर्स काठमान्डौले सम्झौता गरेको हो । निर्माण कम्पनी बिल्डर्सले गएको असार ९ गते २०७८ पुस ९ गने काम सम्पन्न गर्नेगरि भौतिक पुर्वाधार विकास कार्यालय दाङसंग सम्झौता गरेको हो । नालासहित १२ मिटर चौडाई भएपनि कालोपत्रे भने ६ मिटर गरिने कार्यालय प्रमुख भण्डारीले बताए । कम्पनीले ५६ सय मिटर कालोपत्रे गर्नुपर्ने छ ।

‘उक्त सडकको अनुमानित लागत १५ करोड ६४ लाख हो । निर्माण कम्पनीले १० करोड ८१ लाखमा ठेक्का लियो,’ कार्यालय प्रमुख भण्डारीले भने –‘ कामको स्पिड हेर्दा १८ महिनामा काम सम्पन्न गर्ने सम्झौता भएपनि ५/६ महिना अघि नै काम सम्पन्न गर्ने सम्भावना देखिन्छ ।’

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको पहलमा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले १५ करोड ६४ लाख बजेट विनियोजन गरेका थिए । तुलसीपुरदेखि दक्षिण तर्फ रहेको दामोदर सडकको नामले परिचित उक्त सडक पूर्वको कुईरेपानी देखि पश्चिम दाङको बेलासपुर जोड्ने गरि निर्माण हुँदै छ ।

पहिलो चरणमा २३ सय मिटर सडक कालोपत्रे भएको थियो भने यो दोस्रो चरणको निर्माण कार्य भएको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुखको सचिवालय सदस्य मान बहादुर रावतले जानकारी दिए । भौगोलिक दृष्टिकोणले पछाडी परेको तथा जीर्ण दामोदर सडक पक्की बन्न थालेपछि यस क्षेत्रका जनताहरु खुशी भएको सदस्य रावतले बताए । तुलसीपुर उपमहानगरपालिकाले अघिल्लो बर्ष यस सडकका लागि ३० लाख बजेट विनियोजन गरेको थियो ।

निर्माण कार्य तिब्र गरेका छौ : निर्माण कम्पनी

यता निर्माण कम्पनी सिनर्जी बिल्डर्सले काम तिब्र गतिमा अघि बढाएको दाबी गरेको छ । काम सुरु गरेको १७ दिनमा करिब १० प्रतिशत काम गरिसकेको निर्माणकम्पन्नीका आधिकारीक प्रतिनिधी सुदिप कुवँरले बताए । भदौ ८ गतेदेखि काम सुरु गरेको कम्पनीले १ सय ४० जना कामदार परिचालन गरेको छ ।

अहिले सडकको नाला निर्माण, कटीङ, फिलिङ, होमपाइप क्रसीङ र साइड क्लियर गर्ने काम भईरहेको निर्माण कम्पनीले बताएको छ । स्थानीय र जनप्रतिनिधीको सहयोग भएमा समय अगाबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिनिधी कुवँरले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र २६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।