२०८३ कार्तिक ११ गते बुधवार

लमही बजारमा भेटियो नक्कली दूध

दाङ,२४ भदौ । राजपुर गाउँपालिका वडा नम्बर ३ फोहरा निवासी भोला यादव (किसान) ले दुधमा केमिकल मिसावट गरि लमहीमा दूध विक्रि गरेको तथ्य बाहिर आएको छ ।

एक लिटरको मिनरलवाटरको बोतलमा फोहराका यादवले दुधमा केमिकल मिसावट गरि दूध विक्रि गरेको लमही नगरपालिका – ५ लमही निवासी सुरेन्द्रकुमार गुप्ताले जानकारी दिए । उनले भने ,– मंगलवार बिहान यादवले घरमा छोडेर गएको दूध अर्को दिन बिहान हेर्दा केमिकल जस्तो देखिने बोतल माथि सेतो पाउडर तैरिएको र बोतलमा पानी मात्रै रहेको अवस्था फेला पर्याे ।

दूधको बोतलमा माथि पट्टी केमिकल जस्तो देखिने सेतो पाउडर तैरिएको सजिलै देख्न सकिन्छ ।  केमिकल मिसावट गरि स्थानीय जनताको स्वास्थ्य माथि खेलवाड गर्ने उक्त दुध व्यापारीलाई दुग्धको खाद्य गुणस्तर विभागले हेर्न आवश्यक रहेको स्थानीय समाजसेवी शसिराम नेपालीले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।