काठमाडौं । नेपालमा सलह कीरा प्रवेश गरेको आंशका गरिएको छ । तराईका दुई जिल्लामा सलह कीरासँग मिल्दो जुल्दो कीराले बालीमा क्षति पु-याएपछि यसको आशंका गरिएको हो ।
कृषि मन्त्रालयले बारा र पर्सामा सलह किरा पहिलो पटक देखापरेको जनाएको छ । यद्यपि यसको पुष्टि हुन भने बाँकी रहेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए ।
सो विषयमा अध्ययनका लागि मन्त्रालयले प्राविधिक टोली खटाएको छ । प्रवक्ता केसीले प्राविधिक टोली नेपालमा सलह कीरा पसे नपसेको पुष्टि गर्न पर्सातर्फ लागिसकेको जानकारी दिए ।
नेपालमा सलह किरा प्रवेश गरेको यो पहिलो पटक होइन । पहिला पनि यस्ता किरा नेपाल प्रवेश गरेर बाली सखाप पारेको स्थानिय बुढापाकाको भनाई छ ।
प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।