तुलसीपुर, १ असार/ कच्चा दुधको गुणस्तर र मुल्य नेपाल सरकारले तोकेको भन्दा कम नहुनेगरी कायम गर्ने निर्णय गरिएको छ ।
पशु सेवा शाखा तुलसीपुरले आयोजना गरेको दुग्ध ब्यवसायको अनुगमण तथा दुग्ध जन्य पदार्थको मुल्य समायोजनका विषयमा गरिएको छफलमा यस्तो निश्कर्ष निकालिएको हो । त्यसैगरी कच्चा दुध बाह्यक सम्पुर्ण दुग्ध एवं दुग्ध जन्य पदार्थको बजार मुल्य बजारले वा व्यवसायीले गर्ने निर्णय भएको छ ।
तुलसीपुर उपमहागनरपालिका आर्थिक विकास समितिका संयोजक माधव वलीको अध्यक्षतामा भएको छलफलमा नेपाल डेरी संघ एशोसिएशनका केन्द्रीय सचिव रेशम बहादुर खड्का, हाम्रो पहुँच बहुउद्देश्य सहकारी संस्थाका शुक्रराज भण्डारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख विवेक बन्जारा, तुलसीपुर उद्योगबाणिज्य संघका सचिव विनिल केसी तुलसीपुर उपमहागनरपालिका कार्यपालिका सदस्य देवराज विश्वकर्मा, उपभोक्ता हति संरक्षण मञ्च दाङका अध्यक्ष केशव कुमार शर्माल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण बरिष्ट पशु चिकित्सक शुवास आचार्यले गरेका थिए ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।