२०८३ कार्तिक ११ गते बुधवार

जागृति समूहका बाख्रापालक किसानको मनग्य आम्दानी

फाईल फोटो

सल्यान, ३० जेठ । समूहमा आवद्ध भएर सल्यानका किसानले बाख्रा पालन ब्यवशायबाट मनग्य आम्दानी लिन सफल भएका छन् । गएको साउन देखी यता जागृती मिश्रीत बाख्रापालन समिति कपुरकोट ३ का किसानहरुले २५ लाख भन्दा बढी आम्दानि गरेका छन् । जागृती मिश्रीत बाख्रापालन समितिका अध्यक्ष तारा सिंह खड्काले आफ्नो समिति अन्तर्गत ५ वटा समूहहरु रहेको जनाउदै यस वर्ष समूहका सदस्यहरुले खसि, बोका विक्रिबाट २५ लाख बढी आम्दानी लिएको जानकारि दिए । २०७३ सालमा गठन भएको समितिमा हाल ६० जना सदस्यहरु आवद्ध छन् । गएको फागुन देखी यता समूहका किसानहरुले ९२ वटा खसि विक्रि गरेको र यसबाट १३ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको समितिका सामाजिक परिचालक बालिका सेनले जानकारि दिइन् । पशु पालन ब्यवशायका लागि उत्तम मानिएको सल्यानमा किसानहरु समूहमा आवद्ध भइ ब्यवशायीक रुपमा बाख्रापालनमा लागेर विभिन्न निकायको सहयोग समेत प्राप्त गर्दै आएका छन् । ५ वटा समूहमा अहिले किसानहरुले एक हजार तीन सय बाख्रा पालन गरिरहेको सामाजिक परिचालक सेनले जानकारि गराइन् । जसमा खसिको संख्या एक सय ५० रहेको छ भने माउ, बाख्रा र पाठापाठीको संख्या एक हजार एक सय ५० रहेको छ । समूहका किसानले एक सय ५४ वटा गाई र भैंसि पनि पाल्दै आएका छन् ।              

प्रकाशित मिति : २०७७ जेष्ठ ३० गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।