दाङ, २९ बैशाख
दाङको घोराही उपमहानगरपालिका वडा नं १ तेर्छेगाउँमा बदेल र बाँदरले अन्नबाली खाएपछि खेती गर्न छाडिएको जग्गामा अदुवा, पिडालु र बेसार खेती शुरु गरिएको छ ।
चारैतिरबाट जंगलले घेरेको उक्त पहाडी भिरालो बस्तिका अधिकाम्स मानिसहरु आफ्नो जीवनयापनका लागि पुरानो बस्ति तेर्छेगाउँलाई छोडेर तराइमा झरेका छन । शुरुमा तेर्छेगाउँमा २० घरपरिवारको भन्दा बढीको बस्ति थियो ।
उनीहरुले आफूलाई चाहिने अन्नपातको खेतीपाति पनि गर्दथे तर रातीमा जंगली जनावर बदेल र बादरले उक्त खेती खाइदिएपछि गाउँलेहरुले खेती स्याहार्नै पाएनन ।
परिवार जाड्नका लागि तेर्छेगाउँका अधिकाँस युवा र पुरुषहरु रोजगारीका लागि भारत सहित तेस्रो मूलक जाने र कमाएको पैसाले परिवार पाल्ने र बचेको पैसाले तराइमा घर घडेरी र जग्गा समेत जोडे । जसका कारण तेर्छेगाउँका आधा भन्दा धेरैको रामपुर, साहीपुर, कालिमाटी र वरपरको तराइका गाउँमा बसोबास गर्दछ ।
उनीहरुको तेर्छेगाउँमा रहेको जग्गा बाझै थियो । उक्त बाझो जग्गामा अहिले बेसार, अदुवा र पिडालु खेती शुरु गरिएको छ । स्थानीय टेकन भण्डारी र बसन्त भण्डारीले गाउँकाले खेती गर्न छाडेका करिव ५ बिगाह जग्गामा बेसार, पिडालु र अदुवा खेती गर्न शुरु गरेका छन् ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।