२०८३ असार ११ गते बिहिवार

किसानलाई मकै उधार्ने मेसीन वितरण

तुलसीपुर, ९ असार

तुलसीपुर उपमहागनरपालिका– १ नम्बर वडाले कृषकहरुलाई मकै उधार्ने मेसिन बितरण गरेको छ । आर्थिक बर्ष २०७५÷७६ को तीन लाख बजेटबा खरिद गरिएका ११ वटा मकौ उधार्ने मेसीन आज एक कार्यक्रमका विच वडाअध्यक्ष लक्ष्मण भण्डारीले कृषकहरुलाई हस्तान्तरण गरेका हुन ।
कृषकहरुलाई मकै उधार्न सजीलो र छिटोछरितो होस भन्ने उद्देश्यले सबै कृषकलाई समेट्नेगरी ११ वटा टोलाई मेसीन बितरण गरिएको वडाध्यक्ष भण्डारीले जानकारी दिए । कृषीलाई प्राथमिकता दिदै आएको वडाले यस अघि ६३ जना कृषकलाई बंगुरका पाठा, बाख्रा र मौरीका घार वितरण गरिसकेको वडा सचिव होमजंग विश्वकर्माले जानकारी दिए । त्यसैगरी खस्सी बनाउन प्रयोग गरिने बोडियो क्याटेचर मेसीन पनि कृषकलाई वितरण गरिएको थियो । टोलविकास संस्थाले न्युनतम शुल्क लिएर आफनो टोलमा कृषकलाई मकै उधार्ने मेसीन उपलब्ध गराउनु पर्ने छ भने बाहिरको व्यक्तिले प्रयोग गर्न पाउने छैन । कृषकबाट उठाएको न्युनतम शुल्क मेसीन विग्रीदा मर्मत खर्चमा प्रयोग गर्नुपर्ने छ । सो अवसरमा वडा स्तरीय कृषी तथा भेटेनरी समूहका अध्यक्ष कृष्ण आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 

प्रकाशित मिति : २०७६ असार ९ गते सोमवार
प्रतिक्रिया