२०८३ भाद्र ७ गते आइतवार

भूकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिष’ पक्राउ

काठमाडौं । नेपालमा ठूलो भूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिषी’ अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले क्षेत्रीलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । पक्राउ परेका क्षेत्रीमाथि अनुसन्धान सुरु गरिएको परिसरका प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ २१ गते मङ्गलवार
प्रतिक्रिया