२०८३ असार ९ गते मङ्गलवार

डल,कुसन बनाउन सिक्दै महिलाहरु

तुलसीपुर, १५ बैशाख । तुलसीपुर ४ का महिलाहरुले डल कुसन बनाउन सिक्दैछन् । उनीहरुले खरायो, बाँदर,कुसन र कुकुर जस्ता विभिन्न आकृतिका चित्रहरु बनाउन सिक्दैछन् । घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका कार्यालयको सहयोगमा दुई महिने डल कुसन बनाउने तालिममा सहभागी भएर उनीहरुले यस्तो सिप सिक्न लागेको प्रशिक्षक सरिता वलीले जानकारी दिएकी छिन् । तालिममा वडा नम्वर ४ का विभिन्न स्थानका महिला तथा युवतीहरुको सहभागिता रहेको छ । गत फागुन २९ गतेबाट सुरु भएको तालिम यहि बैशाख २८ गते सम्म सन्चालन हुनेछ ।

प्रकाशित मिति : २०७६ बैशाख १५ गते आइतवार
प्रतिक्रिया