२०८३ मङ्सिर २ गते बुधवार

सल्यानमा पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको सालिक अनावरण

सल्यान २ मंसिर। पञ्चायतकालका अन्तिम प्रधानमन्त्री तथा सल्यानको गौरवका रूपमा परिचित स्वर्गीय मरिचमानसिंह श्रेष्ठको सालिक निर्माण गरी अनावरण गरिएको छ।

मरिचमानसिंह श्रेष्ठ फाउन्डेशन र स्थानीय युवाहरूको पहलमा निर्माण गरिएको उक्त सालिकको आज एक विशेष समारोहबीच अनावरण गरिएको हो।शारदा नगरपालिका–१, श्रीनगरस्थित रुकुम तथा खलंगा जाने चोकमा सालिक स्थापना गरिएको हो। सालिक निर्माणसँगै अनावरण कार्यक्रम सम्पन्न भएपछि स्वर्गीय श्रेष्ठको योगदान र स्मृतिलाई सार्वजनिक रूपमा सम्मान गर्ने प्रयास गरिएको छ।

सल्यानमा जन्मिएर नेपालको प्रधानमन्त्रीसम्मको जिम्मेवारी सम्हाल्न सफल श्रेष्ठको सम्मानमा सालिक निर्माण गरिएको हो। यसले जिल्लाको ऐतिहासिक पहिचान, गौरव र उहाँको राजनीतिक योगदानलाई नयाँ पुस्तामाझ परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।स्थानीय युवाहरूको सक्रियता र फाउन्डेशनको पहलमा सम्पन्न यो कार्यलाई जिल्लाको इतिहास र व्यक्तित्वको सम्मानसँग जोडेर हेरिएको छ।

प्रकाशित मिति : २०८३ मङ्सिर २ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।