दाङ, २८ कात्तिक । दाङमा छिमेकी एक पुरुषलाई पेट्रोल खन्याएर आगो लगाएको आरोमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका– २ मटेरियाका ३९ वर्षिय त्रिलोक सिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक श्रीकुमार पौडेलले जानकारी दिनुभयो ।
कार्कीले आफ्नै छिमेकी बलुवा डाडाका अन्दाजी ४८ वर्षिय रुपलाल चौधरी (गोमे) माथि पेट्रोल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । आज अपराह्न मादक पदार्थ सेवन गरेका कार्की र चौधरीबीच आपसी विवाद भएपछि झगडा भएको थियो। सोही क्रममा कार्कीले आफूसँगै लिएर गएको पेट्रोल चौधरीको शरीरमा खन्याएर आगो लगाइदिएको बताइएको छ।
आगो लागेर चौधरी गम्भीर घाइते भएको प्रहरीले जाएको छ । घटनापछि फरार भएका कार्कीलाई वडा प्रहरी कार्यालय लमहीको टोलीले लमहीबाट नियन्त्रणमा लिएको हो। गम्भीर घाइते चौधरीलाई थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।