२०८३ कार्तिक १३ गते शुक्रवार

तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

तुलसीपुर,१३ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको एकान्त होटलमा  जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । बिहीबार राति इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्यानको कुमाख गाउँपालिका–५ निवासी २९ वर्षीय प्रजित पुनमगर,तुलसिराम केसी,सुबास ओलि र प्रबिन रावत रहेका छन् । प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ५९ हजार ५६० रुपैयाँ र ६ बुक तास बरामद गरेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।