दाङ, २३ भदौ । दाङको राप्ती गाउँपालिका–२ लालमटियास्थित युनाइटेड लालमटिया युथ क्लबको आयोजनामा प्रथम युएलएफसी कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता असोज २ गते दिउँसो २ बजे देखि सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक संघ–संस्था तथा क्लबलाई आयोजकले सहभागिताका लागि आह्वान गरेको छ। प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३५ हजार रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र पाउने क्लवका सचिव अनिल पौडेलले जानकारी दिएका छन् ।
त्यस्तै प्रतियोगितामा बेस्ट प्लेयरलाई २ हजार ५ सय रुपैयाँसहित ट्रफी, हाई स्कोररलाई २ हजार रुपैयाँ सहित ट्रफी, बेस्ट किपरलाई २ हजार रुपैयाँ सहित ट्रफी र राइजिङ प्लेयरलाई १ हजार ५ सय रुपैयाँ सहित ट्रफी प्रदान गरिने छ। प्रतियोगितामा सहभागी टोलीका लागि दर्ता शुल्क ६ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। टोली दर्ताका लागि अग्रिम २ हजार ५ सय रुपैयाँ बुझाउनुपर्ने तथा यल्लो कार्ड र रेड कार्डको अग्रिम शुल्कबापत १ हजार रुपैयाँबुझाउनुपर्ने क्लवका सचिव पौडेलले जानकारी दिएका छन् ।
सो खेलमा आयोजकको तर्फबाट खेल खेल्न अफ्रिका महादेशका खेलाडी एनिसेट एडिया आउन लागेको क्लवका सचिव पौडेलले जानकारी दिएका छन् । दर्ता गर्ने अन्तिम भदौ ३१ गते बेलुका ४ बजे सम्म रहेको छ ।प्रतियोगिताबारे थप जानकारीका लागि सूचनामा क्लबका विसाल केसी र पूर्ण बराललाई सम्पर्क गर्न सकिने उल्लेख छ। युवा खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदको विकासमा योगदान पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितालाई सफल बनाउन आयोजकले सम्बन्धित संघ–संस्था तथा क्लबहरूलाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेको छ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।