२०८३ भाद्र २२ गते सोमवार

दाङमा दुई अर्ब बढि विकास बजेट फ्रिज

फोटो फाईल

दाङ, ५ साउन । दाङमा विकास निर्माणका लागि संघ र प्रदेश सरकारले विनियोजन गरेको ठूलो हिस्सा बजेट यस वर्ष पनि खर्च हुन सकेन । आर्थिक वर्ष २०८२/८३ मा प्राप्त पूँजीगत ९विकास० बजेटमध्ये दुई अर्ब आठ करोड २८ लाख ४० हजार २९० रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको छ । कुल विकास बजेटको २५।५४ प्रतिशत रकम खर्च हुन नसक्दा विकास आयोजनाका लागि छुट्याइएको ठूलो हिस्सा उपयोगविहीन बनेको हो ।कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०८२/८३ मा संघ र प्रदेश सरकारबाट दाङका लागि कुल आठ अर्ब १५ करोड ५३ लाख एक हजार पाँच सय रुपैयाँ पूँजीगत बजेट विनियोजन गरिएको थियो ।

त्यसमध्ये छ अर्ब सात करोड २४ लाख ६१ हजार २१० रुपैयाँ मात्रै खर्च भएको छ भने बाँकी दुई अर्ब आठ करोड २८ लाख ४० हजार २९० रुपैयाँ फ्रिज भएको हो । अघिल्ला वर्षको तुलनामा फ्रिज हुने रकम केही घटे पनि विकास बजेट खर्चको अवस्था अझै सन्तोषजनक बन्न सकेको छैन । पछिल्ला छ आर्थिक वर्षदेखि हरेक वर्ष दुईदेखि तीन अर्ब रुपैयाँसम्म विकास बजेट खर्च हुन नसक्ने क्रम दोहोरिदै आएको छ । यसले विकास बजेट कार्यान्वयन प्रणाली अझै प्रभावकारी बन्न नसकेको देखाउँछ ।

आजको युगवोध राष्ट्रिय दैनिक पत्रिकाबाट साभार

प्रकाशित मिति : २०८३ साउन ५ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।