काठमाडौं,२१ भदौ । भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३५५ पुगेको छ । रसुवामा १६९, तनहुँमा ३८, नुवाकोटमा १९७, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २२२, धादिङमा ७०, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा २२१, गोरखामा ७५ र चितवनमा ३६३ जनाको शव तथा मानव अंग भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सोमबार (भदौ २२) बिहान ११ बजेसम्मको विवरणानुसार बाढी प्रभावित क्षेत्रबाट चार हजार ९९६ जना सम्पर्कविहीन छन् । जिल्ला प्रशासन कार्यालय रसुवाले एक हजार ९६७ जना सम्पर्कविहीन रहेका जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले दुई हजार ३४० जना सम्पर्कविहीन रहेका जानकारी दिएको प्राधिकरणले जनाएको छ । बाढी प्रभावित क्षेत्रबाट ५८९ जना विदेशी नागरिक सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रमा हालसम्म ६ हजार ६७२ जना घाइतेको उपचार गरिएको छ । बाढी प्रभावित क्षेत्रबाट १३ हजार ३९६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । विभिन्न जिल्लाका ३९ होल्डिङ सेन्टरमा तीन हजार ५३३ जना रहेका प्राधिकरणले जनाएको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।