२०८३ भाद्र २२ गते सोमवार

रोल्पामा एचपीभी खोप २ हजार ३ सय बढी किशोरीहरूलाई खोप लगाइने

रोल्पा, २१ भदौ । रोल्पामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप २ हजार ३७९ जना किशोरीहरूलाई खोप लगाइने भएको छ । विद्यालयमा अध्ययनरत कक्षा ६ मा पढ्ने छात्राहरू तथा विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई एचपीभी खोप प्रदान गरिने स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख माधव राउतले जानकारी दिनुभएको छ। खोप यही भदौ २४, २५ र २६ गते लगाइने छ

खोप कार्यक्रम सफल बनाउन सम्बन्धित सबै किशोरी, अभिभावक, विद्यालय तथा सरोकारवाला निकायलाई सक्रिय सहभागिताका लागि स्वास्थ्य कार्यालय रोल्पाले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ भाद्र २२ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।