२०८३ असार २८ गते आइतवार

बझाङमा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

काठमाण्डौ, २७ असार । बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार दुर्घटनास्थलमा तीन जनाको मृत्यु भएको हो । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । त्यस्तै, दुर्घटनामा परेर पाँच जना घाइते भएको उहाले जानकारी दिनुभयो ।

उहाका अनुसार, अहिले घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको छ । जिप सडकबाट करीब ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ असार २७ गते शनिवार
प्रतिक्रिया