२०८३ असार ८ गते सोमवार

ट्रकसंग स्कुटर ठोक्किँदा चालक सहित दुई जनाको मृत्यु

फोटो फाईल

चितवन, ८ असार । चितवनमा ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ट्रकको पछाडि समान दिशामा गुडिरहेको स्कुटर ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका–१५ मा भएको दुर्घटनामा स्कुटर चालक भरतपुर–२६ का २२ वर्षीय अशोक भण्डारी र स्कुटरमा सवार भरतपुर–२० बस्ने लमजुङ घर भएका १९ वर्षीय राजीव गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमवार
प्रतिक्रिया