फोटो फाईल
तुलसीपुर, जेठ ३० । दाङको तुलसीपुरस्थित घोराही रोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
घाइते हुनेमा घोराही उपमहानगरपालिका–९ निवासी अन्दाजी २६ वर्षीय बलबिर केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुर ले जानकारी दिएको छ।
घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा उपचार भईरहेको छ । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ प ८५७३ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण ६:३० मा दुर्घटनामा परेको हो।
प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते आइतवार






