तुलसीपुर, ५ पुष । दाङको प्रथम तुलसीपुर महोत्सवमा आज लोक दोहोरी गायक रामजी खाँणलगाएतका कलाकारहरु आउने भएका छन् । महोत्सवमा आज रामजी खाँण सहितका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सवको मुल आयोजक समितिले जानकारी दिएको छ । महोत्सवमा आज चर्चित गायिका भुमिका गिरी, गायिका रचना चौधरी, गायक राजमान खत्री र सोनी डान्स ग्रुप लगायत स्थानीय कलाकारहरुकोसमेत प्रस्तुती रहने छ । हिजो धुमधामका साथ उद्घाटन भएको महोत्सव पुष १९ गतेसम्म संचालन हुने छ ।
हिजो लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले महोत्सवको उद्घाटन गरेसँगै औपचारिक रुपमा सुरु भएको हो । स्थानीय उत्पादनलाई प्रर्वद्धर्न गर्ने उद्देश्यका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले संचालन गर्न लागेको महोत्सवमा युवाको बिजनेश आइडिया शेयरिङ कार्यक्रम समेत गरिने भएको छ । महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धनका लागि ५० वटा स्टल किसानलाई निशुल्क व्यवस्था मिलाइएको छ भने उत्कृष्ट कारोबार गर्ने कृषकलाई पुरस्कृत समेत गरिने छ ।।





