
तुलसीपुर, २० असोज । बडादशैँको बिदा सकिएसँगै दाङको तुलसीपुर बजारमा चहलपहल बढेको छ । दशैँमा सुनसान बनेको तुलसीपुर बजारमा आजदेखि सरकारी कार्यालयहरू पनि खुलेसँगै चलहपहल बढेको हो । दाङको तुलसीपुर मात्रै नभइ आजदेखि सरकारी कार्यालय खुल्ला भएपछि देशभरका सरकारी कार्यालयहरूमा पनि चहलपहल शुरू भएको छ ।
दशैँको टिकाको दिनदेखि सुनसान रहेको तुलसीपुर बजार टिकाको दोस्रो दिनदेखि नै केही चहलपहल सुरु भैसकेको थियो तर तुलसीपुरको बजार भने आइतबारदेखि खुलेका हुन् ।
विहीबारको दिन विजयादशमी शुक्रबार र शनिबार लगातार विदाको दिन परेकाले सवारी साधन र मानिहरुको चहलपहल भएपनि स्वास्थ्य, खाद्यान्न बाहेक अन्य पसलहरु खुलेका थिएनन् ।यस वर्ष असोज १६ गते दशैँको टीका रहेको थियो । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो ।
प्रकाशित मिति : २०८२ असोज २० गते सोमवार