
तुलसीपुर, २५ असोज । जनसंगठन समन्वय संयन्त्र नेकपा एमाले दाङले भोली घोराहीमा आयोजना गर्न लागिएको जागरण सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
संयन्त्रका संयोजक मनोहर बुढाथोकीका अनुसार, देशभर “जेन जी आन्दोलन” को नाममा भएका सार्वजनिक सम्पत्ति, सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठानमा तोडफोड र आगजनीजस्ता गतिविधिका विरोधमा जागरण सभा आयोजना गर्न लागिएको हो।
बुढाथोकीले जानकारी दिँदै भन्नुभयो, “सभा सफल बनाउनका लागि प्रशासनसँग अनुमती लिनेदेखि लिएर जिल्ला भित्रका विभिन्न तहका बैठकहरू सम्पन्न गरिएका छन्। प्रचार–प्रसारका गतिविधि पनि सम्पन्न भइसकेका छन्।” उहाका अनुसार सभामा एमालेका जनसंगठनका अगुवा, नेता–कार्यकर्ता, व्यवसायी र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने छ ।
प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार