२०८३ कार्तिक ७ गते शुक्रवार

दाङको तुलसीपुरमा आज एकदिने डिजिटल कथावाचन कार्यशाला हुँदै

तुलसीपुर, २५ असोज । दाङको तुलसीपुरमा आज सनिबार एकदिने डिजिटल कथावाचन कार्यशाला हुँदैछ । समाजका रहेका यथार्थ समस्या र सुधारका पक्षहरु कथा तथा डिजिटल माध्यमबाट व्यक्त गर्ने उद्धेश्यले कार्यशालाको आयोजना गरिएको हो । विशेष गरी थारु समुदाय र दाङ जिल्लालाई कथाको क्षेत्र बनाएर डिजिटल कथावाचन कार्यशाला गर्न लागिएको आयोजकले जनाएको छ । दाङमा थारु समुदायको बसोबास धेरै रहेकाले थारु समुदायको जीवनशैली, खानपिन, आचरण र बानीव्यवहारले निर्माण गरिरहेको समाज, पार्ने प्रभाव, सुधारको आवश्यक लगायतका विषयलाई समेटिने छ । साथै सो कार्यशालाले एक स्वास्थ्यको विषयमा कथा वाचनको तरिका सिकाउनेछ समेत सिकाउने रंगकर्मी प्रणव आकाशले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।