२०८३ कार्तिक ९ गते आइतवार

कारको ठक्करबाट दुई जना महिलाको मुत्यु

काठमाण्डौ, २ जेठ । कपिलवस्तुमा कारको ठक्करबाट दुई जना महिलाको ज्यान गएको छ । कारको ठक्करबाट अन्दाजी ६०–६५ वर्षीया शान्ता खत्री र तिलकुमारी रायमाझीको ज्यान गएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो । आज बिहान करिब पौने ६ बजे पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा बीएबी ९५९९ नम्बरको कारको ठक्करबाट उनीहरुको ज्यान गएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । प्रहरी निरीक्षक शर्माका अनुसार कार चालक रुपन्देही, सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।  

प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।