२०८३ कार्तिक ९ गते आइतवार

तुलसीपुर उपमहानगरपालिका वडा नंबर १० मा हरित अभियान

तुलसीपुर,२८ वैशाख । सडक वरवर रोपिएका विरुवाहरुले गाउँवस्तीको मुहार नै फेरिएको छ । सडक र गाउँवस्तीको रमनीय दृश्यले सो सडक भएर हिड्ने सबैलाई मनमोहक बनाउँछ । बाटोमा हिड्ने सबैका नजर विरुवामा जान्छन् । यी सबै दृश्य दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंबर १० मा रहेको पड्ढा गाउँको हो । गाउँलाई हरियाली बनाउनुपर्छ भन्ने उद्देश्यले वडा नंबर १० सुन्दर र हरित अभियानमा लागेको छ । गाउँको सौनदर्यता बढाउन र हरियाली गाउँ बनाउने सोही अभियान अन्र्गत सडक छेउछाउमा विरुवाहरु रोप्न थालिएको हो । गत असारमा सडक वरपर रोपिएको विरुवाहरुले तुलसीपुर १० पड्ढाको मुहार नै फेरिएको छ । पड्ढाको बराह ताल वरपर र गाउँको सडक वरिवरी रोपिएका विरुवाले गाउँको सुन्दरता थपिदै गएको स्थानियहरु बताउँछन् । आर्थिक वर्ष २०८०/ ०८१ मा वडाको ५० हजार बजेटबाट १ सय २० वटा कल्की, गुलमोहर र कपुरका विरुवा रोपिएको वडा नंबर १० का अध्यक्ष यमराज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ती विरुवाहरु एक वर्ष नहुँदै फुल्ने अवस्थामा पुग्न थालेका छन् । वडाको आर्थिक लगानी र स्थानियहरुको हेरचारमा विरुवा हुर्किदै गएका छन् । सो विरुवाले एकातिर गाउँघरको सुन्दता बढाउनुका साथै हरियाली बनाउँदै गएको छ भने अर्कोतिर बढ्दो जलवायू परिवर्तनको न्यूनिरकरणमा पनि भूमिका खेल्ने देखिन्छ । चालु आर्थिक वर्ष २०८१/ ०८२ मा वडाका विभिन्न सडक वरपर विरुवा रोप्ने तयारी रहेको उहाँले बताउनुभयो । तुलसीपुर १२ पुकारपसलदेखि गोलौरीको डाबर हुँदै पड्ढा जोड्ने बाटो, नयाँ गाउँ हुँदै पड्ढा जोड्ने बाटो र वनगाउँ सामुदायिक भवनदेखि माध्यमिक विद्यालय पातु वनगाउँसम्मको बाटोमा ती विरुवाहरु रोप्ने लक्ष्य रहेको वडा अध्यक्ष केसीले बताउनुभयो । जसका लागि चालु आर्थिक वर्ष २०८१।०८२ मा १ लाख ५० हजार रकम छुट्याएको छ ।।  

प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।