दाङ, १७ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित बेलन्या डाँडा नर्सरी नजिक एक नवजात शिशुको लाश खाल्डोमा गाडिएको अवस्थामा फेला परेको छ। स्थानियले १७ गते अपराह्न ५:१५ बजे शव देखेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरलाई जानकारी दिएका थिए।
सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा खटिएको टोलीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान गरेको छ। प्रहरीका अनुसार शिशु करिब ९ महिनासम्मको अवधि पुरा भएर जन्मिएको बालिका भएको अनुमान गरिएको छ।
शव २–३ दिनअघि खाल्डोमा गाडिएको देखिएको छ भने त्यसलाई जनावरले निकालेको हुनसक्ने आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानपछि साँझ ७:५० बजे शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको र शिशुको पहिचान तथा घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।