२०८३ कार्तिक ८ गते शनिवार

यस वर्ष ईपीएस भाषा परीक्षाको नयाँ आवेदन खुलाउन ढिलाइ

  काठमाण्डौ, ८ फागुण । यस वर्ष दक्षिण कोरियाली भाषा परीक्षाको नयाँ आवेदन खुलाउन ढिला हुने भएको छ । अघिल्लो वर्ष उत्पादनमूलक क्षेत्रमा पुसमै भाषा परीक्षाको आवेदन खुलोकोमा यस वर्ष अझै केही ढिला हुने भएको हो । कोरियाको मानव संशाधन विभागको वेबसाइटमा पनि नेपालसहित केही देशमा रोजगार अनुमति प्रणाली ९ईपीएस० भाषा परीक्षाको आवेदन मिति तय हुन बाँकी रहेको उल्लेख छ । ईपीएस कोरिया शाखाका निर्देशक राजकुमार राई पनि अहिलेसम्म भाषा परीक्षाको कार्यतालिका प्राप्त नभएको बताउनुभयो। भाषा परीक्षाको आवेदन खुलाउनुअघि गर्नुपर्ने दुई देशबचीको द्विपक्षीय श्रम सम्झौता नवीकरण पनि बाँकी छ । नेपाल र दक्षिण कोरियाबीच हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने श्रम सम्झौता गएको नोभेम्बरमा सकिएको छ । परीक्षाको मिति तय नहुँदा अन्योल बढेको भाषा परीक्षाको तयारी गरिरहेकाहरू बताउँछन् । गएको वर्ष एक लाख ६३ हजार जनाले आवेदन दिएकामा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । अहिले ३० हजार जनाभन्दा धेरै नेपाली भाषा परीक्षा पास भएर दक्षिण कोरिया जाने पर्खाइमा छन् । पर्खाइमा रहेकाहरूको सङ्ख्या धेरै भएकाले पनि अर्को परीक्षाको मिति तोक्न ढिलाइ भएको शाखाले जनाएको छ । श्रम मन्त्रालयले पनि आवश्यकताका आधारमा मात्रै परीक्षा सञ्चालन गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।