२०८३ कार्तिक ८ गते शनिवार

स्वर्गद्वारी गुठी किसानको समस्या समाधानका लागि कानून बनाउन संसदीय समितिको निर्देशन

दाङ , ३ फागुण । स्वर्गद्वारी गुठी किसानको वास्तविक पहिचानका आधारमा समस्या समाधानका लागि आवश्यक कानूनी व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।हिजो सिंहदरबारमा बसेको प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वास्तविक किसान पहिचान गरी उनीहरूले जग्गाधनी प्रमाणपत्र प्राप्त गर्ने गरी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

सभापति कुसुमदेवी थापाले स्वर्गद्वारी गुठी किसानलाई जग्गाधनी प्रमाणपत्र प्राप्त गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाका लागि गुठी संस्थानसहितको आवश्यक समन्वयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिइएको बताउनुभयो । समितिले यसबारेमा परेका समस्या र विशेष कार्यप्रगति फागुन महिनाभित्र संसदीय समितिलाई जानकारी गराउनसमेत निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।