तुलसीपुर, २० पुष । दाङको प्रमुख पर्यटकीय स्थल छिल्लीकोटमा जिपलाइन सञ्चालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्ने छिल्लीकोटमा गएको बुधवारबाट जिपलाइन सेवा सुरु भएको सञ्चालक शिव श्रेष्ठले जानकारी दिनुभयो । छिल्लीकोटमा जिपलाइन निर्माणको काम सकिएर सञ्चालनमा आए पनि औपचारिक उद्घाटन हुन भने बाँकीे छ । क्याफे र शौचालय निर्माणको केही काम बाँकी रहेकाले आगामी फागुनमा औपचारिक उद्घाटन गर्ने तयारी रहेको सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो ।
जिपलाइन सुरु भए यता घुम्न जाने पर्यटकको सङ्ख्यासमेत बढ्न थालेको छ । छिल्लीकोट रिसोर्ट एण्ड एड्भेन्चर प्रालिको नामबाट उक्त जिपलाइन, तुलसीपुर–११ कटाहका युवा व्यवसायी श्रीधर न्यौपाने र तुलसीपुर–५ का शिव श्रेष्ठले १ करोड ६५ लाखको लागतमा सञ्चालनमा ल्याउनुभएको हो । भौतिक संरचना निर्माणको काम अहिले भैरहेकाले यसको लागत करिब २ करोड लाग्ने अनुमान गरिएको छ ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।