काठमाडौँ, १३ पौष । उपचारको बहानामा बिरामीको घर पुगेर लुटपाट गर्ने नक्कली डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–२ हरिटोल घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३० वर्षीय डा. आलोक भन्ने जीतेन्द्र मण्डल रहेको प्रहरीले जनाएको छ । मण्डललाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ आरुखर्कबाट पक्राउ गरेको हो ।
उनको साथबाट ५९ हजार तीन सय ६० रुपैयाँ र मोबाइल तीन थान बरामद गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित व्यक्ति मधुमेहका रोगी थिए । मण्डल म डाक्टर हुँ भनी भेटघाट एवम् चिनजान गरी उपचार गर्ने भनेर पीडितको घरमा पुगेका थिए । उपचारका नाममा उनले बिरामीलाई बेहोश हुने औषधि खुवाई कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहना र नगद तीन लाख रुपैयाँ चोरी गरेका प्रहरीले जनाएको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।